आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन’

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३, २०७५



  • काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’को ऐतिहासिक घोषणा गरिएको छ ।

    बिहीबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नयाँ पार्टी स्थापना भएको घोषणा गरे ।

    वि.सं. २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो ।

    करिब ७० वर्षअघि नेकपा घोषणा गर्दा पाँचजना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने बिहीबार ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।

    सो अवसरमा एक मिनेट ताली बजाएर खुसियाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।

    पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भनेको ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै ‘एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन’ भन्ने धारणा राखे ।

    सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए ।

    नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताए । उनले पार्टी हाइकमान्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिए ।

    गत असोज १७ गते दुई पार्टीबीच ६ बुँदे सहमति भएर वाम गठबन्धन बनाइ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत् दुवै दल अगाडि बढेका थिए ।

    दुई पार्टीले संयुक्तरुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टीपंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।

    उनले दुई पार्टी विधिवत् एकीकरण भइ निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए ।

    समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो ।

    पार्टीको निर्देशित सिद्धान्त मार्क्सवाद र लेनिनवाद
    नेकपाले शान्तिपूर्ण प्रतिस्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको मूल्य–मान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।

    जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व र दीगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए ।

    उनले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गरे ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij