आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माननीयज्यू, सभामुखलाई पिठ्यूँ फर्काउनु होला नि !

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ५, २०७५



  • काठमाडौं, जेठ ५ । ससंदमा अभद्र व्यहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन् ।

    प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको ‘चेतावनी’ र ३१ मा रहेको ‘बैठक कक्षबाट निस्काशन’ सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।

    यसरी संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई सभामुखले बाहिर जाँन आदेश दिंदा पनि नगए मर्यादापालकले बाहिर निकाल्नेछन् ।

    सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान नियमावलीको जानीजानी उल्लघंन वा अवहेलना गर्ने सदस्यको नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस भनी कुनै सदस्यद्धारा प्रस्ताव पेस भएमा सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन् र सो प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन् ।

    नियम २० मा ‘बैठकमा पालना गर्नुपर्ने नियम’मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिंड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने प्रावधान छ ।

    नेपालको संविधानको धारा १०४ को उपधारा(१) ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुब्यवस्था कायम राख्न, समितिको गठन, काम, कारवाही र सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाएको हो । -नेपाल समाचारपत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij