आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रानीमहल दरबार पुग्न पक्की पुल निर्माण हुँदै

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • पाल्पा, जेठ ६ । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा रहेको पाल्पाको रानीमहल दरबार क्षेत्रमा पक्की पुल निर्माण हुने भएको छ ।

    भौगोलिक विकटताका कारण आवतजावतमा कठिनाइ हुने गरेको रानीमहलमा पुल बनेपछि सहज हुने भएको हो ।

    प्रेमको प्रतीक रानीमहल दरबार खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा वि.सं १९५५ निर्माण गरेका थिए ।

    नेपालको ताजमहल भनेर पनि चिनिने रानीमहललाई ऐतिहासिक महत्वको रुपमा लिने गरिन्छ ।

    पर्यटकीय आकर्षणको केन्द्र समेत रहे पनि रानीमहलमा आवतजावत गर्न निकै असहज छ ।

    सौन्दर्यले भरिपूर्ण भएपनि आवतजावतको कठिनाइले गर्दा रानीमहल दरबार ओझेलमा पर्दै आएको छ ।

    रानीमहल दरबार क्षेत्रको कालीगण्डकी नदीमा पक्कीपुल निर्माण हुने भएपछि स्थानीय वासिन्दा उत्साहित भएका छन् ।

    पक्कीपुल निर्माणसँगै पाल्पा र स्याङ्जाको बाटो भएर आउने पर्यटकलाई नयाँ बाटो खुल्ने छ ।

    दरबार क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सरकारले पक्की पुल निर्माणमा चासो देखाएको हो ।

    पक्की पुल निर्माण भएपछि रानीमहल दरबारमा बाह्रै महिना पर्यटक निर्बाध रुपमा आवत्जावत् गर्न पाउनेछन् ।

     

    तात्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले कालीगण्डकीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । यहीं माघसम्म पुल निर्माणको काम सकिने लक्ष्य रहेको छ ।

    आगामी वर्षदेखि स्याङ्जाबाट पनि पर्यटकले सवारी साधन लिएर रानीमहलको अवलोकन गर्न सक्ने पुल निर्माण पश्चिम क्षेत्र नं. ४ का डिभिजन प्रमुख कृष्ण प्रसाद भण्डारी बताउँछन् ।

    हाल पुल निर्माणको काम ६० प्रतिशत सकिएको र असार मसान्त सम्म ७५ प्रतिशत काम सकिने सपना हिमढुङ एण्ड ठोकर र त्रिशुलीले जेभीले जनाएको छ ।

    पुलको ४५ मिटरका ४ वटा स्पान मध्ये २ वटा पुरा भएको असार मसान्तसम्म ३ वटा पुरा हुने र आगामी बर्षदेखी पुल संचालनमा आउने निर्माण कम्पनीका सुपरभाईजर श्रीजन बर्तोलाले बताए ।

    पुल निर्माण पुरा भएपछि बुटवल, तानसेन रानीघाट हुदै उत्तरी गुल्मी, पश्चिम स्याङ्जा जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।

    अन्य मार्ग अबरुद्ध हुँदा समेत यस मार्गलाई वैकल्पिक मार्गका रुपमा उपयोग गर्न सकिन्छ । आवतजावत सहज हुने भएपछि यस क्षेत्रमा पर्यटकहरुको चहलपहल पनि बढ्ने विश्वास धेरैको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij