बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

किसानलाई विभिन्न कृषि सामग्री वितरण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • झापा, जेठ ६ । झापाको बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ ।

    कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने पावर टेलर र मकै छोडाउने मेसिन वितरण गरेको हो ।

    नगरपालिकाले आठवटा कृषक समूहलाई पावर टेलर र २० वटा समूहलाई मकै छोडाउने मेसिन वितरण गरेको हो ।

    नगरपालिकाले कृषिका लागि १ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मूख्य प्राथमिकता दिएकाले कृषकहरुको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको मेयर धु्रवकुमार सिवाकोटीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij