बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पुरुषोत्त महात्म्य तथा दिब्य आरती अनुष्ठाय सत्सङ्गको उदघाटन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • निलम ओली , दाङ । मलमास अधिक मासको महत्त्व सम्बन्धमा एक कार्यक्रमको आयोजना गरिएको छ । ॐ श्री शिरडी साई मन्दिर घोराहीको आयोजनामा पुरुषोत्तम महात्म्य तथा दिब्य आरती अनुष्ठान सत्सगं नामक कार्यक्रमको शुरुआत गरिएको छ ।
    यो महात्म्य मलमासमा मात्रै गरिने कार्यक्रम हो । यो कार्यक्रम २०७५ जेठ ५ गते बाट शुरू भै २०७५ जेठ ११ गते सम्म ७ दिनको हुने दाङ ज्योतिष परिषदका सचिव ढुण्डी राज ज्ञवालीले बताउनुभयो ।
    कार्यक्रमको उद्घाटन नेपाल संस्कृत विश्व बिद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेश प्रसाद ढकालले गर्नुभएको थियोे भने प्रमुख बाचक सुजन सास्त्री,यज्ञ आचार्य महेश सास्त्री, योगागुरु केशव गौतम,संकल्पकर्ता ज्योतिष पण्डित चिरञ्जीवी पौडेल सास्त्री रहनुभएको छ ।
    यसको ब्यबस्थापन कार्यमा नेपाल ज्योतिष परिषद जिल्ला समिति दाङको सहयोग रहेकोे ज्योतिष परिषद दाङले जनाएको छ । यो कार्यक्रम जेठ ११ गते विशेष शालिकराम पुजन सहित समापन हुने सचिव ज्ञवालीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij