आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छ : दाहाल

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५



  • k|d;Fu g]kfn kqsf/ dxf;ª3k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं, जेठ ७ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेसवादी दल सरकारमा सहभागी हुन प्राविधिक कुरा मिल्नमात्र बाँकी रहेको जानकारी दिएका छन् ।

    नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिनेक्रममा अध्यक्ष दाहालले भने–‘राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ । मधेसवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्नमात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।’

    उनले ‘सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्रअनुसार आएको छ’–भने ।

    पत्रकारको प्रश्नमा उनले जनतासामु गरिएका प्रतिबद्धताअनुसार नै नीति तथा कार्यक्रम आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पस्ट पारे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij