प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा गोरखाका १२ जना परेका छन्।
तत्कालीन नेकपा एमालेबाट एक जना र नेकपा माओवादीका एघार जना केन्द्रीय समिति सदस्य बनेका हुन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित तत्कालीन माओवादी केन्द्रका नेताहरू हितराज पाण्डे, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, कृष्ण धिताल, अमर तमु, सुशीला सिंखडा, चुडामणि खड्का, परशुराम रम्तेल, पार्वती थापा र दीपक देवकोटा नेकपाका केन्द्रीय सदस्य बनेका हुन्।
त्यस्तै प्रदेश ४ का भौतिक पूर्वाधार मन्त्री रहेका तत्कालीन एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत पनि नेकपाको केन्द्रीय समितिमा परेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij