बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

हत्या गरी फरार ‘ठकुरी माइलो’ १९ वर्षपछि पक्राउ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

    मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला भएको थियो ।

    २०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ भने उक्त घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij