बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

राजविराज विमानस्थलमा परीक्षण उडान

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५



  • राजविराज, जेठ ९ । करिब ६ दशकदेखि ठप्प रहेको राजविराज विमानस्थलमा बुधबार परीक्षण उडान गरिएको छ ।

    औपचारिक उद्घाटन हुनु एक दिनअघि श्री एअरलाइन्सको विमानले उडान परीक्षण गरेको हो ।

    चालक प्रज्वलन अधिकारी नेतृत्वका ७ जनाको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको थियो ।

    वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व. गणेशमान सिंहले विमानस्थलको शिलान्यास गरेका थिए ।

    राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की रनवे, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडाइ ट्याक्सीवे छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij