आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।

    गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो ।

    वडामा रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने पूर्वतयारी स्वरुप आधारभूत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ ।

    अंग्रेजी माध्यमको पाठ्यक्रम, पूर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापनलगायतका विषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडासचिव चित्र सुवेदीले बताए ।

    अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ ।

    दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij