बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बेँशीसहर–चामे सडक स्तरोन्नतिको काम चिनियाँ कम्पनीले गर्ने

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • मनाङ, जेठ ११ । बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनियाँ कम्पनीले गर्ने भएको छ ।

    एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना चिनियाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।

    आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनियाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए ।

    बेँशीसहर–चामे सडक स्तरोेन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो । सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई रु २२ करोडमा ठेक्का दिइएको थियो । उक्त कन्सल्टेन्सीले सम्झौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ ।

    विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ । उक्त कार्यको चिनियाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए ।

    ‘जेठ मसान्तसम्म चिनियाँ कम्पनीसँग सम्झौता हुन्छ,’ उनले भने । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij