बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बागलुङ नगरपालिका मापदण्ड विपरीतका संरचना हटाउँदै

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

    नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर फराकिलो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

    वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उनको भनाइ छ ।

    ‘मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,’ उहाँले भन्नुभयो, ‘स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।’ सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उनले बताएका छन् ।

    शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ ।

    सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ ।

    ‘नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,’ नगरप्रमुख पौडेलले भने, ‘अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।’

    शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij