प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५
मधु पौडेल, बाँके।बालमैत्री स्थानिय शासन बाल अधिकारको सम्मान नाराका साथ नेपालगंज उपमहानगरपालिकाको वडा न १२ मा शनिबार विहान बृहतर्याली गरीएको छ ।


लागुऔषध,जुवा तास,घरेलु मदिरा,घरेलु हिंसा, बाल विवाह र बाल श्रम विरुद्ध जनचेतना मुलक बृहत र्यालीको आयोजना गरीएको थियो ।
नेपालगंज स्थित सुर्खेत रोड हुँदै वडा न १२ का सबै टोल बस्तीहरुमा पुग्दै र्याली वडा १२ को कोरेनपुरमा कोणसभामा परिणत भई कार्यक्रम समापन भएको थियो ।
कोण सभामा बोल्दै वडा न १२ का वडा अध्यक्ष तथा बाल मैत्री घोषणा अभियानका संयोजक बुद्धि सागर सुवेदीले अवका दिनमा कोही कसैले पनि लागुऔषधको प्रयोग तथा बिक्री वितरण,जुवा तास खेल्ने ,घरेलु वा कुनै पनि मदिरा सेवन गरेर वडाको शान्त वातावरणमा खलल नपुर्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
अध्यक्ष सुवेदीले भन्नु भयो,“यो सवै वडाको विकासको लागि गरीएका कार्यक्रम हुन ,वडामा अत्यधिक मात्रामा मदिराको प्रयोग हुँदा यसले बालबालिकाको भविष्यमा असर पर्ने गरेको छ ।
यसमा वडाबासी सबैको साथ र सहयोगको अवस्यकता रहेको छ ।” सो कोण सभामा वडा सदस्य तथा बाल मैत्री अभियानका सहसंयोजक दिनेश राज ढकाल,सेभ द चिल्ड्रनका कार्यक्रम अधिकृत विरेन्द्र थापा ,बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक अशिष वर्मा,सुरक्षा निकायको तर्फबाट प्रहरी निरीक्षक वसन्त गौतम,वडा स्तरिया बाल संजालका अध्यक्ष विजेता पौडेल लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन वडा सदस्य तरुण वर्जाचार्यले गर्नु भएको थियो ।
¥यालीमा वडा न १२ मा गठित वडा स्तरीय तथा विद्यालय स्तरीय वाल क्लवका अध्यक्ष तथा पदाधिकारी ,स्थानिय जनप्रतिनिधिहरु ,पत्रकार तथा अन्य गरी २०० वढिको सहभागिता रहेको थियो । बालमैत्री स्थानिय शासन वडा समिति नेपालगंज उपमहानगरपालिका –१२ को आयोजनामा आयोजित बृहत ¥यालीमा नेपालगंज उपमहानगरपालिका वडा न १२ को सहयोग तथा बाँके युनेस्को क्लव,वडा वाल संरक्षण समिति,वडा स्तरीय वालक्लव संजालको समन्वय रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij