आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय’

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • राजविराज, जेठ १२ । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली सपुतहरुले पुर्‍याएको योगदान चीरकाल अविस्मरणीय रहने बताएका छन् ।

    जेपी लोहीया रामेश्वर मेमोरियल ट्रष्टले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जयप्रकाशको देन विषयक विचार गोष्ठी’मा उनले यस्तो बताएका हुन् ।

    राजदूत पुरीले सहयोग र साथको अतिआवश्यकता रहेको बेला भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली सपुतहरुले गरेको योगदान असल मित्रताले गर्ने कार्य रहेको उल्लेख गरे ।

    नेपाली जनताको हित तथा दुई राष्ट्रबीच व्यापारिक, पारिवारिक र कूटनीतिक सम्बन्ध थप मजबुत् पार्न भारत सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

    उनले भारत सरकारले गंगालगायतका नदीहरु हुँदै नेपालको सप्तकोसी नदीसँग जलमार्ग विस्तार गर्ने योजनाबारे अध्ययन गरिरहेको जानकारी पनि गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij