बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मृगलाई हानेको गोली लागेर युवकको ज्यान गयो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५



  • संखुवासभा, जेठ १२ । संखुवासभाको धर्मदेवी नगरपालिका–१, तेल्लोकमा शनिबार अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

    स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्नेक्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरीचौकीले नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

    शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij