बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बल्लतल्ल बनाएको पुल पहिरोले बगाएपछि स्थानीयबासीलाई समस्या

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५



  • धनकुटा, जेठ १३ । निर्माण भएको एक बर्ष नबित्दै पहिरोले झोलुङ्गे पुल बगाएपछि धनकुटाको महालक्ष्मी नगरपालिकाका बासिन्दालाई समस्या भएको छ ।

    नगरपालिकाको वडा नम्बर २, ३ र ४ का बासिन्दालाई आवतजावतमा समस्या भएको हो । महालक्ष्मी नगरपालिका–२ मा पर्ने मारेक कटहरेस्थित गौडा खोलामा गतवर्ष १९ लाख रुपैयाँको लागतमा निर्मित ५३ मिटर लामो झोलुङ्गेपुलको बेस र पिल्लर पहिरोसँगै धसिएको छ ।

    यो पुल प्रयोग गर्न सक्ने अवस्थामा छैन । लामो समयको पहलपछि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, जिविस र स्थानीयको लागत सहभागितामा निर्मित पुल बगाएपछि धनकुटाको मारेककटहरे, चानुवा र डाँडाँगाउँका बासिन्दा समस्यामा परेका छन् ।

    स्थानीयबासिन्दाले पुनः पुल निर्माणको माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij