बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रोकिराखेको बसमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • काठमाडौं, जेठ १५ । काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा२ख ६२३० नम्बरको बसमा बा३७प ७३८० नम्बरको मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो ।

    मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ भने पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij