बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

डडेल्धुराको गजरौलामा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, ८ घाइते

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • डडेल्धुरा, जेठ १५ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज विहान जिप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    डोटीको दिपायलबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।

    घाइतेमध्ये २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij