बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दाङमा सर्पदंशबाट बालकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • दाङ, जेठ १५ । दाङमा सर्पदंशबाट मंगलबार एकजना बालकको मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९, बिजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विषालु सर्पले डस्दा गम्भीर बिरामी परेका उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij