आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ऊर्जादशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट, हुलाक बचत बैंक खारेज

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • काठमाडौं, जेठ १५ । सरकारले २०७५ सालदेखि २०८५ को १० वर्षलाई ऊर्जादशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जादशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गरेका छन् ।

    यस्तै, नयाँ बुटवल गोरखपुर ४०० केभी प्रसारणलाइनको निर्माण गर्ने र उत्तर–दक्षिण नदी करिडोरमा उच्च क्षमताका प्रसारणलाइन निर्माण गर्ने लक्ष्य बजेटमा राखिएको छ ।

    निजी क्षेत्रलाईसमेत सहभागी गराइ प्रसारणलाइन निर्माण गर्ने नीति बजेटमा राखिएको छ ।

    यसैगरी, ग्रामीण क्षेत्रको विद्युतीकरणलाई प्रमुख प्राथमकितामा राख्दै सरकारले त्यसका लागि रु पाँच अर्बको बजेट व्यवस्था गरिएको छ ।

    सरकारले सहरी क्षेत्रमा स्माट मिटर प्रणाली लागू गर्ने लक्ष्यसमेत राखेको छ ।

    सरकारले तीन वर्षमा मुलुकको सबै स्थानमा विद्युत् सेवा उपलब्ध गराउने र पाँच वर्षमा मागेजति विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    यस्तै, सरकारले आगामी तीन वर्षभित्र आमनागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य बजेटमा राखेको छ । मेलम्ची खानेपानी आयोजनाका लागि प्रर्याप्त बजेट व्यवस्था गरिएको छ ।

    यसैगरी, सरकारले ठूला नदीमा नमुना खानेपानी योजना सन्चालन गर्ने, राष्ट्रिय सरसफाइ अभियान अगाडि बढाउने लक्ष्य राखिएको छ ।

    बृहत् दाङ खानेपानी आयोजना कार्यक्रम अगाडि बढाउने लक्ष्य बजेटमा राखिएको छ ।

    हुलाक बचत बैंक खारेज
    सरकारले हुलाक बचत बैंक खारेज गरेको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा सो बैंक खारेज गरी सो बैंकमा रहेको बचत राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरिने भएको छ ।

    यस्तै, सरकारले राजस्व, खर्च र भुक्तानी विद्युतीय प्रणालीमार्फत् गर्ने व्यवस्था गरेको छ ।

    रु एक अर्ब बढी लगानी भएका उद्योग तथा प्रतिष्ठानले साधारण सेयर जारी गर्नैपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ ।

    सरकारी कोषमा रहेको निस्क्रिय रकमलाई पुँजी निर्माणमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

    बजेटमा एकल बिन्दुबाटै सबै सेवा उपलब्ध गराइने प्रबन्ध गरिएको छ । विकास सहायता नीति परिमार्जन गरिनेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij