आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १६, २०७५



  • काठमाडौं, जेठ १६ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

    संसदीय दलको कार्यालय सिंहदरबारमा ११ बजेपछि बस्ने बैठकले सरकारले ल्याएको बजेटबारे पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

    सरकारले हिजो १३ खर्ब १५ अर्बको संघीय बजेट सार्वजनिक गरेको थियो । बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला कांग्रेसले आफ्नो धारणा तय गर्न लागेको हो ।

    यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो ।

    संसदीय दलको बैठकमा बजेटबाहेकका अन्य समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij