आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तेल र गेडागुडीको मूल्य बढ्ने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १७, २०७५



  • तेल, दाल तथा गेडागुडीको मूल्य बढ्ने भएको छ। तोरीको तेलमा ४० प्रतिशत मु.अ कर छुट सुविधा दिइँदै आएकोमा यस बजेटबाट सो सुविधा हटेसँगै तेलको मूल्य बढ्ने भएको हो।

    त्यस्तै तोरीको गेडा आयातमा समेत भन्सार महसुल बढाइएकाले अब तेलको मूल्य बढ्ने नेपाल चामल, तेल, दाल उद्योग संघले जनाएको छ।

    संघका अनुसार प्रतिलिटर तोरीको तेलमा करिब १५ रुपैयाँ मूल्य बढ्न जानेछ। तोरी र सबै तेलमा मुलुक भारतनिर्भर रहेको जनाउँदै संघले अनाधिकृत रुपमा तोरीको तेल भित्रिन सक्ने संभावना औंल्याएको छ।

    त्यस्तै दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। यसले मूल्यमा पनि असर पर्ने संघको भनाइ छ।

    तयारी दाल र कच्चा पदार्थमा दुई तहको कर निर्धारण हुनुपर्नेमा संघले जोड दिएको छ। तयारी दाल र कच्चा पदार्थमा समान दर भएका कारण तयारी दाल आयात गर्ने परिपाटीले प्रोत्साहन पाउने संघको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij