आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • चितवन, जेठ १८ । चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

    राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल), भरतपुरमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैबीच, चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–६ मा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शौचालयमा एक पुरुष मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार स्थानीय ४४ वर्षीय बुद्धि गिरी शौचालयभित्र मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार शौच गर्न गएका बेला एक्कासि ढलेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।

    लामो समयसम्म ढोका बन्द रहेपछि फोरेर हेर्दा गिरी मृतावस्थामा भेटिएका हुन् । वन्यजन्तुको आखेटोपहार राखिएको संग्रहालयका पर्यटकका लागि सो शौचालय बनाइएको थियो । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij