आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अविरल वर्षाका कारण राति खसेको पहिरोले सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • बुटवल, जेठ १८ । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

    सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स (सिद्धबाबा मन्दिर) नजिकै आज बिहान ३ बजे पहिरो खसेपछि यातायात अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको दोभानका स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेले बताए ।

    राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

    यसअघि पनि राजमार्गको सो क्षेत्रमा दुई पटकसम्म पहिरो खस्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij