बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

उदयपुरमा चट्याङ लागेर तीनजनाको मृत्यु, एकजना घाइते

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • उदयपुर, जेठ १८ । उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ ताम्लिछामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

    बिहीबार राति हावाहुरीसहित परेको चट्याङले कृष्णबहादुर भुजेलका ८ बर्षीय छोरी बिष्णुमाया भुजेल, खड्ग भुजेलका ११ बर्षीय छोरा कौशल भुजेल र सोही ठाउँ निवासी ६३ वर्षीय धनप्रसाद राईको मृत्यु भएको हो ।

    भुजेलका अर्का ६ वर्र्षीय छोरा रिजक भुजेल घाइते भएको उदयपुर प्रहरीले बताएको छ ।

    सुनकोसी गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij