बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पाल्पा–बुटवल सडक बन्द

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५



  • पाल्पा, जेठ १९ । सिद्धार्थ राजमार्गअन्तर्गत् पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ ।

    सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

    सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सन्चालनमा समस्या आएको छ ।

    सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौं सवारी–साधन सडकमै अलपत्र परेका छन् ।

    सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नम्बर–५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुँदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रीहरुलाई आवत–जावत गर्न कठिनाइ परेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij