बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

घाइते नगरप्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५



  • सोलुखुम्बु, जेठ १९ । सोलुखुम्बुमा दमकल अभ्यास गर्नेक्रममा घाइते भएकी नगरप्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    अभ्यास गर्नेक्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि शनिबार हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

    घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए ।

    जिल्लाको एकमात्र नगरपालिका सोलु–दूधकुन्ड नगरपालिकामा अहिले ११ जना नगरप्रहरी छन् । नगरप्रहरी सहायक निरीक्षकको कामान्डमा उनीहरुले काम गरिरहेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij