प्रकाशित मिति : शनिबार, जेष्ठ १९, २०७५
मधु पौडेल, बाँके
२०७५÷०२÷१९ सर्चशिक्षा नेपालगंज बाकेले रक्तदान जिवनदान भएको भन्दै आज शनिबार रक्तदान गरेको छ ।
विभिन्न विद्यार्थीहरुलाई आफै ठाउँबाट शिक्षा आर्जन देखी विभिन्न उदेश्यका लागि विगत एक वर्ष नेपालबाट वैदेशिक प्रक्रियाको सेवा प्रदान गर्दै आएको सर्च शिक्षा (एजुकेसन)ले रगत बैकमा रगतको अभाव भएको भन्दै रक्त गरेको हो ।
सर्चका कर्मचारी लगाएत सर्चका शुभचिन्तकहरुको सहभागिता रहेको सो, रक्तदान कार्यक्रममा २२जना जतिले रक्तदान दिएको थिए ।
रक्तदान सुधिर गौतम,गणेश श्रेष्ठ,विशाल भट्टराई,शशि सिंह,सुयोज बोहोरा,राज यादव,प्रकाश वस्नेत,वर्षा शाही,रिधिमा शर्मा,कसिम सिद्धिकि,विजयनाग,लक्ष्मन ओली,यमुना थापा,विकास कर्माचार्य,जितु केसी,महेश केसी, एलिसा थापा,प्रतिज्ञा उप्रति लगाएतले गरेका थिए ।
नेपालगंजमा संचालनमा रहेको सर्च शिक्षा(एजुकेशन)ले स्थानियहरुलाई विद्यार्थी,व्यापारीक तथा डिपेन्डेसी भिजाको सेवा प्रदान गर्र्दै आएकोमा आज सामाजिक सेवाको लागि केही गरौ भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको सर्चका सञ्चालक सुधिर गौतमले बताए ।
सञ्चालन गौतमका अनुसार सर्च शिक्षाको सुरुवात अस्टेलियाबाट भएपनि हाल नेपालका विभिन्न ठाउँमा साखाहरु स्थापनाभई सेवा दिदै आएको बताए ।
हालसम्म नेपालगंजबाट आठ जनालाई बैदेशिक उच्च शिक्षाकोलागि अस्टेलिया र अमेरिकमा पठाएको संचालक गौतमले जानकारी दिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij