बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

घर छाडेर हिँडेका पुरुष मृत फेला

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५



  • खोटाङ, जेठ २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृत फेला परेका छन् ।

    केही दिनदेखि घर छाडेर हिँडेका सार्की आईतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

    शवसँगै रक्सीको बोतलसमेत फेला परेको स्थानीयले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

    सार्कीको शव इँटा बोक्ने मजदुरले स्थानीय घडेरीमा फेला पारेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताए । सार्कीको अधिक मदिरा सेवनका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij