बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विश्व वातावरण दिवसमा विविध कार्यक्रम

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०७५



  • शिभराज पन्थी, गडवा दाङ
    गढवा गाउँपालिका र वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको संयुक्त आयोजनामा बिश्व वातावरण दिवस–२०७५ लाई बिविध कार्यक्रमका साथ मनाईएको छ ।

    बिहिवार विहान गढवा–७ स्थित चन्दनपुर सामुदायिक वनक्षेत्रको नदी किनारमा रहेको तटिय वनक्षेत्रको तारवार एरियामा गढवा गाउँपालिकाका उपाध्यक्ष, जनप्रतिनिधी लगायत गढवा स्थित सरकारी गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरु, विद्यालयका ईको क्लब तथा शिक्षकहरु एवं सो सामुदायिक वन समूहका उपभोक्ताहरु सबैले बृक्षारोपण गरेका छन् ।

    दिउँसो गढवा स्थित जनता माध्यमिक विद्यालयमा चित्रकला र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षणमा विद्यार्थी, शिक्षक र समुदाय विचको सहकार्य बिषयमा स्थलगत निवन्ध लेखन प्रतियोगितामा १० विद्यालयको सहभागिता र वातावरण संरक्षण र मानव जिवनमा फाईदा बिषयमा केन्द्रित रहेर चित्रकला प्रतियोगितामा १६ जनाले भाग लिएका थिए ।

    प्रतियोगितात्मक निवन्ध लेखनमा बुद्धज्याति माविका विपना पुन प्रथम, शुभतारा माविका ऋतु यादव द्धितिय र जनता माविका देवनारायण यादवले तृतिय स्थान हाँसील गरेका थिए भने चित्रकला प्रतियोगितामा प्रतिष्ठा एकेडमी गोवरडिहाका आभाष योगी प्रथम, सरस्वती मावि गोवरडिहाका एलिसा चौधरी द्धितिय र बुद्धज्योति माविका मेलिना थापाले तृतिय स्थान हाँसिल गरेका थिए ।

    उत्कृष्टहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।

    सो अवसरमा वन तथा वातावरण र जैविक विविधताको क्षेत्रमा दक्षिण देउखुरी क्षेत्रमा बिशेष योगदान गर्ने चिउरीघाट सामुदायिक वन समूह कक्रहवा, ईलाका वन कार्यालयका वन प्रविधीक गंगाराज श्रेष्ठ र मदपुर नसहवा सामुदायिक वन समूहको चोरी शिकारी नियन्त्रण दलका संयोजक भिमबहादुर थापालाई सम्मान गरिएको थियो ।
    वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जनता माविका प्रधानाध्यापक रामसुरत यादव, शिक्षक हरि पोखे्रल, बसुदेव पाण्डेय लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण हिमवन्ती नेपालका ओभा पाठकले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij