आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियामा सरकार पक्षधर ४५ तथा आइएसतर्फ २६ लडाकूको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट (आइएस) जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी दिएको छ ।

    आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकू समूहका ४५ जनाको मृत्यु भएको हो । उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाइ आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

    विद्रोहीले निहाना बनाएका ग्रामिण वस्तीहरू प्रान्तीय राजधानी देर अजोर तथा अबलु कमल शहरको वरपरका इराकी सिमानामा पर्ने शहरहरू हुन् ।

    उक्त गाउँहरूको बीच भागमा अहिले पनि आइएस विद्रोहीको प्रभाब क्षेत्र रहेको हाजिन शहर पनि पर्छ ।

    मानव अधिकारवादी संस्थाका प्रमुख अब्देल रहमानका अनुसार अनुसार सरकारी पक्ष र विद्रोहीबीचको सो झडपमा कम्तीमा २६ जना आइएस लडाकू पनि मारिएका छन् ।

    सरकारी पक्षधर समूहमा परेका प्राय सिया लडाकूहरू रहेका भएपनि उनीहरू इराकी, अफगानी तथा लेबनानी नागरिकसमेत रहेको उनले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij