बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वीरगन्जमा प्रतिबन्धित भारतीय नोटसहित दुईजना पक्राउ

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • वीरगन्ज, जेठ २३ । पर्साको वीरगन्जबाट ३१ लाख ८० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा चेकजाँचकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भारत, बिहारका रोहित केशरी र चितरञ्जन प्रसाद रहेका छन् ।

    रक्सोलबाट वीरगन्जतर्फ ना.२७ प ३८११ नम्बरको मोटरसाइकलमा ठूलो मात्रामा भारतीय रुपैयाँ लिएर आएका उनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij