बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

स्थानिय तहमा बालबालिकाको सवाल तथा बालमैत्री अभियान नेपालगंजमा सम्पन्न

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • जेष्ठ २३ गते

    मधु पौडेल, बाँके नेपालगंज


    स्थानिय तहमा बालबालिकाको सवाल तथा बालमैत्री अभियान विषयक स्थानिय सरोकारवालहरुको संगको वाल संवाद आज बुधबार नेपालगंजमा सम्पन्न भएको छ ।

    स्थानियरुपमा बालमैत्री शासनका लागि विभिन्न कार्यक्रम गर्दा गर्दै आएको नेपालगंज उपमहानगरपालिकाको भित्र पर्ने वडा १२ मा वालवालिका विषयमा यस्तो प्रकारको बालसंवाद कार्यक्रमको आयोजना गरीएको हो ।

    वडा नम्वर १२ को वाल स्तरीय बाल क्लव संजालका अध्यक्ष विजेता पौडेलको सभापतित्वमा सम्पन्न उक्त संवादको प्रमुख अतिथिमा वडा १२ का अध्यक्ष वुद्धि सागर सुवेदी रहेका थिए ।

    कार्यक्रममा वडा न १२ लाई वालमैत्री बनाउनकालागि के कस्ता कार्यक्रम भैरहेका छन ।

    वाल विवाहका विषय ,बालश्रमका बारेका सवालहरु उठेका थिए ।

    वडा स्तरीय वालसंजाल सचिव पे्ररक्षा मल्लद्धारा सहजीकरण गरेको कार्यक्रममा वडा १२ का वडा सदस्य दिनेशराज पन्त ,सदस्य तरुन वर्जाचार्य वागेश्वरी आधारभुत विद्यालय वेलासपुरका प्रधानध्यापक सरीता खड्का,जिल्ला बालसंजालका अध्यक्ष श्वेता गुरुङ,नगरवाल संजालका अध्यक्ष अञ्जना चर्तुवेदी, बालअधिकार कर्मी सहिल अंसारी,पर्यटन पत्रकार संघ बाके साखाका सचिव मधुपौडेल,युनेस्को बाकेका फिल्ड अधिकृत ईश्वर विक लागएको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सहजीकरणी सहयोग सेभदचिल्ड्रेन र बाँके युनेस्को ,समन्वय बाल मैत्री शासनका लागि नेपालगंज उपमहानगर पालिका वडा १२ तथा आयोजना वडा स्तरीय वालक्लव संजाल नेपालगंज उपमहानगरपालिका वडा १२ ले गरेको थियो भने नगर भित्र कै पहिलो कार्यक्रमको रुपमा बालबालिकाले आफ्नो बारेमा यसरी बाल संवाद गरेको वडा बाल संजालका अध्यक्ष पौडेल जानकारी दिइन ।

    त्यसैगरी मंगलबार सहयात्रा परियोजना अन्तर्गतको कार्यक्रममा बालबालिका लागि लक्षित कार्यक्रम गर्दै आएको सेभ द चिल्ड्रेन ,बाँके युनेस्को क्लव बाँके ,नेपालगंज उपमहानगरपालिका २को आयोजनमा २८ जना विपन्न तथा जोखिममा रहेका बालबालिकालाई कपि,झोला ,पेन्सन तथा ड्रस वितरण गरीएको बाके युनेस्को क्लवका फिल्ड अधिकृत ईश्वर विकले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij