आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्यालय मर्ज गर्दै तुलसीपुर उपमहानगर

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • बसन्त बिबश आचार्य, दाङ

    तुलसीपुर,जेठ २३ । तुलसीपुर उपमहानगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरु मर्ज गर्ने प्रक्रिया अगाडि वढाएको छ । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थीसंख्या अति न्युन रहेका सामुदायिक विद्यालयहरुलाई उपमहानगरपालिकाले कार्यविधि वनाएर गाभ्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरेको थियो ।

    पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार तुलसीपुर उपमहानगरपालिका १६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभुत विद्यालय लक्ष्मीपुरमा र वडा नम्वर ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाँभिएको हो । अन्य विद्यालयहरुले पनि गाँभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमश अनुगमन गरेर कार्यान्वयन गरिने वताइएको छ ।

    गाँभिएका विद्यालयमा रहेका शिक्षकहरुलाई आवश्यकता अनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले वताए । उपमहानगरपालिकामा वसेको शिक्षा समितिको बैठकले विद्यालयहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा वालमनोविज्ञानमा नकारात्मक असर पार्ने खालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

    वालवालिकाहरुलाई सस्ता,भद्दा र अश्लिल खालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै वैठकले राष्ट्रिय भावधाराका गीतहरुमा नृत्य गर्नका लागि आग्रह गर्ने समेत निर्णय गरेको छ ।

    यसैगरी शिक्षक महासंघले वुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    वैठकमा शिक्षा समिति सदस्यहरु कुमार लामिछाने, डिला परियार, चित्रा मल्ल, दिपक कुमाल, ढकवहादुर वली, सदस्य सचिव वासुदेव लामिछाने, प्रेस संयोजक वसन्त विवश आचार्य र स्रोत व्यक्ति मुकुन्द रिजालको पनि सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij