प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०७५
साझा यातायातले आइतबारदेखि सेवा विस्तार गर्ने भएको छ। ३ वटा रुटमा सेवा विस्तार गर्न लागिएको साझाले जनाएको छ।
रत्नपार्कदेखि लगनखेल हुदैँ गोदावरी एउटा रुट, रत्नपार्कदेखि लगनखेल थानकोटसम्म अर्को रुट र लामाटार लगनखेल रत्नपार्कमा सेवा विस्तार गर्न लागिएको साझा यातायातका सिइओ महेन्द्र पाण्डेय जानकारी दिए।
स्थानीय र जनप्रतिनिधीको आग्रहपछि ती स्थानहरुमा सेवा थप गर्न लागिएको साझा यातायातले जनाएको छ। साझा बससँग अहिले ४७ वटा बस छ। साझाले २ हप्तापछि १४ बस ल्याउदैँछ।
काठमाडौं बाहिर चलाउन साझाले ५ वटा डिलक्स बस पनि भित्र्याउँदै छ।
६ महिनाभित्रमा ४७ बाट बसको संख्या ७१ पुर्याइएको साझाको लक्ष्य छ। साझाले अहिले सुर्यविनायक स्वयम्भु, पनौती रत्नपार्क, धुलिखेल रत्नपार्क, लगनखेल नयाँ बसपार्क, काठमाडौं बागलुङ्ग र ‘बुङ्गमति जावलाखेल, रत्नपार्क रुटमा बस संचालन गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij