प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०७५
शिबराज पन्थी, गढवा दाङ २६ जेठ
वन क्षेत्रमा गरिने बृक्षारोपण अब गाउँका सडकहरुमा पनि गर्न थालिएको छ । गढवा गाउँपालिकाको अभियान अन्र्तगत गढवा–७ को वालापुर चोंक देखी शिवमन्दीर टोल सम्मको लक्षित योजना बमोजिम गढवा ७ बड्की गल्लीमा कालोपत्रे सडकको दुवै साईडमा लहरे अशोकको बिरुवाहरु रोपण गरिएको हो ।
गढवा गाउँपालिका रु. ५० हजार लगानीमा स्थानीयहरुले गाउँ हरियाली बनाउन अशोकका ४ सय बिरुवाहरु खरिद गरि गाउँलेहरुबाट श्रमदान गराएरै रोपण गरिएको उपभोक्ता समितिका अध्यक्ष पट्टुलाल चौधरीले जानकारी दिनुभयो ।
कालोपत्रे सडकको नाली बाहिर दुवै साईडको २३ सय मिटर क्षेत्रमा बिरुवा रोपण गरि गाउँलाई हरियाली र नमूना बनाउने योजना रहेको जनप्रतिनिधी फागुराम चौधरीले बताउनु भएको गढवाबाट पत्रकार शिबराज पन्थीले जलजला खबरलाई जानकारी दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij