आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश १ : सरकारका यस्ता छन् नीति तथा कार्यक्रम

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २८, २०७५



  • विराटनगर, जेठ २७ । प्रदेश नम्बर १ को सरकारले ‘एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान’ नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    प्रदेश प्रमुख डा गोविन्द सुब्बाले प्रदेश सरकारको आर्थिक बर्ष ०७५÷०७६को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

    नीति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेश १ ले आगामी ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ लगानी बढाउने नीति तर्जुमा गरेको छ ।

    गरीब परिवारको पहिचान गरी परिचयपत्रको व्यवस्था गर्ने र उनीहरुलाई सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माणमा पहिलो प्राथमिक्ता दिइने उल्लेख छ ।

    विराटनगर विमानस्थललाई प्रदेशको मुख्य विमानस्थलका रुपमा विकास गर्ने र त्यसबाट प्रदेशका अन्य जिल्लाहरुको आन्तरिक उडानको ब्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    तीन बर्षभित्र प्रदेश १ मा जलासययुक्त ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजनाहरु शुरु गरेर पाँच बर्षभित्र प्रदेशलाई लोडसेडिङमुक्त गर्ने घोषणा पनि गरिएको छ ।

    विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाएर त्यहाँ स्थापना हुने उद्योगहरुलाई बिजुली, पानी लगायतका आवश्य कुरामा सहुलियत प्रदान गर्ने पनि प्रदेश सरकारले घोषणा गरेको छ । यस्तै विराटनगरदेखि इटहरी हुँदै किमाथाङका जोडने व्यापारिक मार्गलाई गौरवको आयोजनाका रुपमा अगाडि बढाउने पनि प्रदेश सरकारको कार्यक्रममा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij