बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दोलखामा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २८, २०७५



  • चरिकोट, जेठ २८ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

    बा१४च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतबार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

    घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij