प्रकाशित मिति : सोमवार, जेष्ठ २८, २०७५
मधु पौडेल, बाँके
जेष्ठ २८ 
नेपाल राष्ट्रिय आधारभुतविद्यालय घरवारी टोलमा अध्ययनरत बालबालिकाहरुलाई पढाई सहयोगको लागि टिफिन बक्स सहयोग गरीएको छ।
बाके युनेस्को क्
लवको सहयोगमा कक्षा नर्सरी देखी कक्षा १,२,३ मा पढ्ने ९६ जना विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरीएको बाके युनेस्कोका फिल्डर सुपरभाइजर ईश्वर वि.कले बताए ।
पढाईको मध्यान्तरपछि भोकका कारण विद्यार्थीहरु घर जाने र नियमित नहुने भएकाले विद्यार्थी निरन्तरता बढाउनका लागि वितरण गरीएको बाँकेयुनेस्कोका कार्यक्रम अधिकृत राम श्रेष्ठले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij