प्रकाशित मिति : मङ्लबार, जेष्ठ २९, २०७५
राजविराज, २९ जेठ (रासस) : सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ ।
स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
केही दिनयता तराईमा बढेको अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij