आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रक दुर्घटनामा चालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३०, २०७५



  • दमौली, तनहुँ, ३० जेठ (रासस) – पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक प्रजाको उक्त अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनतर्फ लगिएको प्रहरीले जनाएको छ ।

    सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ३ ख २७८६ नं को ट्रक आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो । कुँवरको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij