बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोटरसाइकल दुर्घटनामा मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०७५



  • रत्ननगर, चितवन, १ असार (रासस) – पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    गएराति करीब १०ः३० बजेको समयमा ना २० प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय ४५÷५० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर ल्याइएको थियो । उनको राति करीब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij