बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०७५



  • इटहरी १ असार (रासस) – इम्पेरियल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज तथा शान्ति र विकासका लागि युवा नेपालबीच विद्यार्थीलाई सहुलियतमा होटल म्यानेजमेन्ट पढाउन आज यहाँ सम्झौता भएको छ ।

    शान्ति र विकासका लागि युवा नेपालको सहयोगमा उक्त कलेजले गरिब र विपन्न समुदायका विद्यार्थीलाई सहुलियत दरमा एकवर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको हो ।

    आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढ्ने अवसर दिलाउन सो सम्झौता गरिएको शान्ति र विकासका लागि युवा नेपालका उपाध्यक्ष श्रवण घिमिरेले जानकारी दिनुभयो । पैसा नभएर पढ्न नपाउने केही विद्यार्थीलाई सहयोगका लागि इम्पेरियलसंँग सम्झौता गरिएको उहाँको भनाइ थियो ।

    भारतको दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इम्पेरियलले यस वर्षदेखि इटहरीमा पनि सेवा विस्तार गरेको र पढाइ सकेपछि शतप्रतिशत विद्यार्थीलाई रोजगारी दिने इम्पेरियलका सञ्चालक बद्री अर्यालले जानकारी दिनुभयो ।

    उहाँले रु दुई लाख ५० हजारको कोर्ष रू एक लाख २० हजारमा पढाएर आर्थिक अवस्था कम भएका विद्यार्थीलाई सहयोग गर्न लागेको थप जानकारी दिनुभयो ।

    दार्जिलिङमा डिप्लोमा इन होटल म्यानेजमेन्ट र ब्याचलर इन होटल म्यानेजमेन्टका कोर्ष पढाउँदै आएको इम्पेरियलले इटहरीमा भने यसै आर्थिक वर्षदेखि ‘कुलिनरी आर्टस एण्ड हस्पिटालिटी’ मेनेजमेन्टका नाममा डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा शुरु गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij