आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोसाइँकुण्डमा तीन हजारले स्नान गरें

  • प्रकाशित मिति : शनिबार, असार २, २०७५



  • रसुवा, २ असार (रासस) -रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् ।

    चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।

    समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

    सो समयमा यस वर्ष काठमाडाँै, भक्तपुर, ललितपुर, झापा, पाँचथर, कास्की, धादिङ, चितवन, मकवानपुर, धनुषा, बारा, पर्सा नवलपरासी, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत मुलुकभरबाट भक्तजन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

    मेला अवधिभर वर्षा र हिमपातको समस्या नआएको, खान बस्नलाई सहज भएको र मौसम सफा भएका कारण यात्रुलाई हिमाली प्रकृतिको छटा अवलोकन गर्न समेत अत्यन्तै सहज भएको तीर्थालुले बताएका छन् ।

    रसुवा जिल्लाको उच्च भागमा अवस्थित गोसाइँकुण्ड जाने तीर्थालु धुन्चेबाट हिँडेपछि दुई दिन लगाएर तीर्थ पुग्ने गरेको र पहिलो रात चन्दनबारीमा बिताएपछि शरीरमा हिमाली हावापानी मिल्ने गई लौरोबिना उकालो हिँड्न अत्यन्तै सहज भएको यात्रु धर्मथापाले जानकारी दिनुभयो ।

    गत जेठ २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम मेला लागेको हुम्लामा आउने भन्दा फाटफुट आउने यात्रुलाई सेवा दिन सहज हुने होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।

    त्यस्तै जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा यही भदौ १० गते लाग्ने मेलामा २० हजार भक्तजन आउने लक्ष्य राखिएको छ । उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न व्यवस्थापनका लागि धार्मिक मार्गका होटल व्यवसायी अग्रसर भइसकेको चन्दनबारीस्थित याक एण्ड नाक होटल सञ्चालक पासाङघ्युर्मी तामाङले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij