मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • दाङ, ३ असार (रासस) – जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ ।

    सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मोतिविन्दुरहित गाउँ शहर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले सो परियोजना ल्याएको बताइएको छ । जसअन्र्तगत तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात वटै गाउँपालिकासँग समन्वय गरिरहेको नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताउनुभयो । स्थानीय निकायको ६० प्रतिशत र अस्पतालको ४० प्रतिशत सहभागितामा यस्तो उपचार सेवा शुरु गर्न लागिएको हो ।

    जसअन्र्तगत विभिन्न स्थानमा निःशुल्क आँखा चेकजाँच शिविर राख्ने र त्यहाँ भेटिएका बिरामीलाई अस्पतालमा शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । एउटा व्यक्तिको मोतिविन्दुको शल्यक्रियाका लागि रु आठ हजार रकम लाग्ने र सो मध्ये स्थानीय निकायले ६० प्रतिशत र अस्पतालले ४० प्रतिशत रकम व्यहोर्ने गरी कार्यक्रम तयार पारिएको छ । जसले गर्दा पैसाको अभावले न्यून दृष्टियुक्त भएर बस्नु नपर्ने नेत्रज्योति संघले जनाएको छ ।

    जिल्लाको घोराही उपमहानगरपालिकाको १९ वटा वडामा एक लाख ५६ हजार जनसंख्यामा एक हजार ५८४ जनामा मोतिविन्दु रहेको पाइएको छ । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका सबै वडाभित्र रहेको एक लाख ४१ हजार जनसंख्यामा एक हजार ४३५ जनामा मोतिविन्दुको समस्या रहेको छ । त्यसैगरी, लमही नगरपालिकाभित्र ४८३, राजपुर गाउँपालिकामा २५४, गढवा गाउँपालिका ३९१ र राप्ती गाउँपालिकामा ४१३ जना मोतिविन्दुको समस्या रहेको छ । अस्पतालले प्रत्येक वर्ष २४ हजार बढीको आँखा रोगीको आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij