आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेसको विधान संशोधन गरी महाधिवेशन गराउनुपर्ने

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • विराटनगर, ३ असार (रासस) – नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    पार्टी केन्द्रीय सदस्य केसीले सञ्चारमाध्यममा प्रश्न सोध्दा कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाउनुभयो ।

    नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त छ भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij