आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • संखुवासभा, ३ असार (रासस) – अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
    शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड बस्ने ५५ वर्षीय डोजर अप्रेटर बुधन मुण्डा र बिहार बस्ने ४५ वर्षीय इलेक्ट्रोनिक इञ्जिनीयर नन्दकिशोरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो ।

    उद्धारका लागि घटनास्थलमा ६ स्काभेटर र डोजर प्रयोग गरिएको थियो । पहिरो करीब ६० मिटर माथिबाट खसेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij