बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

छतबाट लडेर बालिकाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • जाजरकोट, ३ असार (रासस) – होटलको छतबाट लडेर आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

    आठबीसकोट नगरपालिका रिटा घर भई सदरमुकामस्थित कान्तिपुर होटलमा फुपु सुशीला चन्दसँग बस्दै आएकी युपी चन्द होटलको बार्दलीबाट लडेर घाइते भएकी थिइन् ।

    चन्द तीन तला माथिबाट खसेकी थिइन् । उनलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij