आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवाहरुलाई मानव वेचविखन विरुद्ध तिन दिने तालिम सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, असार ५, २०७५



  • मधु पौडेल, बाँके असार ५


    युवाहरु द्धारा कार्ययोजना सहित क्रीयासिलताको प्रतिबद्धता
    नेपालगंज उपमहानगरपालिका समेतका करिव दुई दर्जन युवाहरुलाई मानव बेचविखन विरुद्ध युवाहरुलाई तिन दिवसीय तालिम प्रदान गरीएको छ ।

    हाम्रो आवाज चेलिबेटि वेचविखनबाट मुक्त समाज भन्ने नारा सहित नेपालगंज उपमहानगरपालिका र माइती नेपालको आयोजना तथा माइती युवा संजालको समन्वयमा युवाहरुका लागि तिन दिवशिय तालिम सम्पन्न भएको छ ।

    युवाहरुलाई मानव वेचविखन विरुद्ध संवेदनशील एवं ससक्तीकरण गर्दै उनीहरु मार्फत समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरीएको माइती नेपाल नेपालगंजका क्षेत्रिय संयोजक केशव कोइरालाले बताए ।

    मानव बेचविखन विरुद्ध क्रियासील माइती नेपाल नेपालगंजले आयोजना गरेको उक्त कार्यक्रमा युवा हरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका , संपर्क स्थानहरु कानुनी व्यवस्था , बैदेशिक रोजगार , सुरक्षीत वसाईसराई , लिङ्घ र लैगिकता र मानव बेचविखन विरुद्ध युवााहरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा प्रशिक्षण प्रदान गरीएको थियो ।

    उतm तालिमको अन्तिम दिन आज युवा हरुद्धारा मानव बेचबिखन बिरुद्ध सक्रीया रहि कार्य गर्ने गरि व्यतmीगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्ययोजना समेत तयार पारेका छन् जस अन्तरगत व्यक्तिगत तवर बाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परीवार र सथिहरु सवैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानि राख्ने परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायहरु संग समन्वय गर्ने ।

    पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्मस प्रदान गर्ने । चोक, चौतारा पसालहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं वहस संचालन गर्ने लगायतका कार्यहरु गर्ने रहेका छन् भने सामुहिक रुपमा गरीने क्रियाकलापहरुमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामकालागि अन्तरक्रिया, सडक नाटक, ¥यालि, घरदैलो जस्ता कार्यक्रमहरु गर्ने ।

    मानव वेचविखन विरुद्ध क्रियासिल सरकारी र गैर सरकारी संघ संस्थाहरु संग समन्वय गर्ने ।

    पिडित प्रभावितहरुलाई आवश्यक सहयोग र परार्महरु प्रदान गर्ने । हिंसामा परेका पिडित प्रभाविहरुलाई आत्म सम्मान पुर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुर्नस्थापनाकालागी क्रियासिल रहने लगायतका क्रियाकलापहरु रहेका छन् ।

    कार्यक्रमको समापनको अवसरमा सहभागिहरुको तर्फबाट श्रुति सेन , ममता थापा , हिमान्सु मौर्य , अशोक धमाला , शुस्मिता शाहा , बबिता घरुक र लोक सुनार समेतले मानव बेचविखनको समस्याको रुपमा रहेको हुदा यसका बिरुद्ध हामी युवा हरु सचेत रहदै यसका विरुद्धमा हामि सवै मिलि क्रियासील हुनपर्दछ र हुनेछौ भन्दै गाँउ गाँउ सम्म चेतना फैलाउने धारणा राखेका थिय ।

    यसैक्रममा यस अगि गठन भई क्रीयासिल रहेको जिल्ला स्तरिय “माइती युवा सन्जाल बाँके ” ( माइती युथ नेटवर्क बाँके ) लाई अझ प्रभावकारी रुपमा क्रीयासिल गराउदै उतm संजलले बाँके जिल्लामा मानव बेचबिखन बिरुद्ध महिला वालवालिकामा आधारित मानव अधिकारमुखि कार्यक्रम समय समयमा समिक्षा गर्दै थप प्रभावकारी रुपमा लैजाने छ ।

    उतm अवसरमा माइती युवा संजालका अध्यक्ष मेघ बहादुर खत्रि , कोषाध्यक्ष पुष्पा सुनार र बर्षा के.सि. समेतको उपस्थिति रहेको थियो ।

    उतm तालिममा माइती नेपाल नेपालगंजका सयोजक केशव कोईराला , नेपाल पत्रकार माहासंघ ५ नं.प्रदेशका माहासचिव भेष राज बस्नेत , अभियान नेपालकी कमला पन्त , उत्पीडित सामुदायिक बिकास केन्द्रका युवराज पोख्रेल , माइती युवा संजालका मधु पौडेल , सह सयोजक शुरेन्द्र चलाउने सहसयोजक गायत्री रिमाल , केन्द्रिय वालकल्याण समितिका श्रोत व्यतmी भिम अवस्थि , अभियान नेपालका कमला पन्त , जिल्लाका युवा अगुवा आशिस बर्मा , पत्रकार रुद्र सुबेदि लगायतले सहजिकरण गरिएको थियो ।

    तालिम मिति २०७५ अषाढ ०३ देखि ०५ सम्म संचालन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij