आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्यार्थीलाई क्याडेट तालीम

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०७५



  • नुवाकोट, ७ असार (रासस) ः विद्यालयतहका विद्यार्थीलाई अनुशासन कायम गराएर स्वयंसेवी दस्ता उत्पादन गर्न नेपाली सेनाको श्रीनाथ गण देवीघाटले यहाँका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालीम सञ्चालन गरेको छ ।

    एक सय दिनसम्म सञ्चालन हुने तालीम विदुर नगरपालिका–२ स्थित भैरवी माध्यमिक विद्यालय, वडा नं ६ स्थित जेडी बोर्डिङ स्कुल र वडा नंं ७ स्थित चण्डेश्वरी माविमा दिइएको श्रीनाथ गणका गणपति अञ्जान रुपाखेतीले जानकारी दिनुभयो । तालीममा प्रत्येक विद्यालयका ३६–३६ विद्यार्थीको सहभागिता छ । खैरो पोशाकमा सजिएका झट्ट हेर्दा तालिमे ‘सैन्य दस्ता’ देखिने क्याडेट(सैन्य छात्रछात्रा)लाई नेपाली सेनाका केन्द्र र जिल्लाबाट परिचालन भएका प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

    तालीमपछि हात्तीखोरमा २१ दिनसम्म अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागूपदार्थ दुव्र्यसन, सैनिक कला एंव महिला तथा बालअधिकार विषयमा अभिमुखीकरण गरिने क्याडेटका प्रशिक्षक नवराज खत्रीले जानकारी दिनुभयो । तालीम यसअघि जिल्लाका त्रिभुवन त्रिशूली मावि र भैरवी माविमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij